शरीर बन्धक मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

लोकखबर
२०७८ कार्तिक १७, बुधबार २०:५३

मकवानपुर । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गरेको २०६७ साल फागुन महिनाको २४ गते अन्दाजी ०४:३० बजेको समयमा भारतको विहार जिल्ला मुजफ्फरपुर मुसहरी निवासी २० वर्षीय संजय कुमार यादव रहेको हो। उनलाइ जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थितबाट अपहरण गरी बन्धक बनाएको अपहरण तथा शरीर बन्धक मुद्दामा फरार कसुरदार जिल्ला पर्सा साविक महादेवपट्टी गा.वि.स.वडा नम्बर ५ र हाल जिराभवानी गाउपालिका वडा नम्बर ६ शंकरसरैया निवासी ५६ वर्षीय प्रयाग चौधरीलाई पर्सा जिल्ला अदालतको २०७० साल माघ महिनाको १७ गतेको फैसलाले ९ वर्ष कैद र ५० हजार रु.(पचास हजार) जरीवाना तोकिएकोमा सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले महानगरीय प्रहरी अपराध माशाखा र महानगरीय प्रहरी बृत गौशाला, काठमाण्डौसंग समन्वय गरी गएको १४ गते काठमाण्डौ महानगरपालिका वडा नम्बर ९ तिलगंगाबाट पक्राउ गरेको थियो ।

उनीहरुलाइ पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी ओम प्रकाश खनालले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको