प्रधानसेनापती शर्माद्वारा मकवानपुरको चिसापानी गढीको पूर्वाधार निर्माणको शिलान्यास

लोकखबर
२०७८ कार्तिक १७, बुधबार २१:२२

मवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर– ६ स्थित रहेको ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको प्रधानसेनापती प्रभुराम शर्माले शिलान्यास गरेको हो । कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले गढी संरक्षणका लागि नेपाली सेना सदैब तयार रहेको बताएका छन् । कूल २८ करोडको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ विनियोजन गरि सकिएको छ ।

चालु आर्थिक बर्षमा बास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानीगढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने र २ बर्ष भित्रमा अन्य निर्माण तथा संरक्षणका कामहरु सम्पन्न गरिने गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

निर्माण व्यवसायी कम्पनी अनक-माउन्टेन-गोले जेभीसंग गएको कात्तिक ७ गते ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका लामाले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, गाउँ पालिका उपाध्यक्ष पार्बती राना, डिआइजी प्रकाश जङ्ग कार्की, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको