हेटौंडाको बजारमा ब्लुटुथ कनेक्टिभिटी र सार्पर डिजाइन सहितको नयाँ हिरो माएस्ट्रो एज स्कुटर
मकवानपुर । नेपाली बजारमा नयाँ हिरो माएस्ट्रो मोटरसाईकल आएको छ । नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रा.लि.ले एक औपचारिक कार्यक्रममार्फत सो स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।
नयाँ माएस्ट्रो एज ११० मा फर्स्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, फुल डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न बाई टर्न नेभिगेसन सहित नयाँ सार्पर डिजाइन भएको हेटौंडा ४ स्थित रहेको अलिसा अटो मोटिभ हिरो मोटरसाईकाको थोक विक्रेता ओम गिरिले जनाइएको छ ।
फुल डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटीले यसलाई प्राविधिक रुपमा उन्नत गराएको छ । टर्न बाई टर्न नेभिगेसनले सवारी चलाएर अगाडि बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्ने बताइएको छ।
आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्छ भने ग्राहकको सुविधाको लागि वाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।
नयाँ हिरो माएस्ट्रो एज ११० मा नयाँ आकर्षक स्लिकर डिजाइन भएको र सेगमेन्टकै पहिलो शक्तिशाली एलईडी प्रोजेक्टर हेडलाइट भएको कम्पनीको भनाइ छ । स्कुटरको अगाडिको भाग सार्प बनाइएको छ ।
नयाँ माएस्ट्रो एज ११० मा बीएस ४ अनुरुपको ११० सीसी इन्जिन रहेको छ, जसले ७५०० आरपीएममा ८ बीएचपी पावर र ५५०० आरपीएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ हिरो माएस्ट्रो एज ११० को मूल्य २ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यो म्याट रेड र ब्लु गरी दुई कलरमा उपलब्ध हुनेछ । नेपाल अटो अनलाईनबाट











































