मकवानपुरको अजिंगरेमा बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते
सान्केतिक तस्बिर
मवानपुर । हेटौंडा–धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैया–४ अजिंगरेमा कलाकारहरु चढेको बस दुर्घटना हुँदा ५ जना गम्भिर घाइते भएका छन् । आज विहान राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको टोली हात्तिसुडेबाट देउसी खेलेर फर्कने क्रममा उनीहरु सवार बस दुर्घटना भएको हो
दुर्घटनामा हेटौडा–५ सानोपोखरा बस्ने निरु खड्का, मनकामना चोक बस्ने बेलबहादुर लो, राक्सिराङ–३ का रविन कुमार चेपाङसहित ५ जना गम्भिर घाइते भएका हुन् । ३२ जना सवार बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये ३ जनाको चितवन भईरहेको छ भने केही हेटौंडामा केही उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी जयश्वर रिमलले जनाएको छ ।
प्रहरी प्रवक्ता रिमालका अनुसार कलाकारहरु सवार बागमती प्रदेश ०३–००१ ख १३०९ नम्बरको बस आफै अनियन्त्रित भई सडक नजिकै रहेको खेतमा पल्टिन गएको हो । घटना लगतै प्रहरी चौकी हात्तिसुडेको टोली घटनास्थल पुगी उद्धार गरेर घाइतेहरुलाई हेटौंडा पठाएको थियो ।











































