नेपाल सम्वत्को नयाँ बर्ष ११४२ को अवसरमा प्रभातफेरीसँगै मोटरसाइकल र्‍याली

लोकखबर
२०७८ कार्तिक १९, शुक्रबार ११:५५

मकवानपुर । नेपालको मौलिक सम्वत् नेपाल सम्वत् ११४२ को अवसरमा हेटौंडामा प्रभातफेरीको आयोजना गरिएको छ ।

हेटौंडा–२ स्थित पिपलबोट चोकबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजारको संगमचोक, मृगस्थलीपथ, कान्तिराजपथ, पारिजातपथ, स्कुलरोड, सीमाचोक, टिसिएनरोड, बसपार्क, राप्तीरोड हुँदै पुनः पिपलबोट चोकमा पुगेर समापन भएको छ ।हरेक बर्ष जस्तै नेवारी समुदायको बाहुल्यता रहे पनि सबै समुदायको सहभागितामा नेपाल सम्वत्को नयाँ बर्ष मनाइएको छ । नेपाल सम्वत्को नयाँ बर्ष मनाउनका लागि यो बर्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको थियो । मूल आयोजक समितिले प्रभातफेरीका साथै नयाँ बर्षको शुभकामना आदानप्रदानका लागि टिका, सगुन, प्रचारप्रसारको कार्य समेत गरेको थियो ।

विभिन्न संघ, संस्थाले रोडव्यानर राखेर शुभकामना आदानप्रदानको कार्य समेत गरेको छ । प्रभातफेरीमा नेवारी समुदायका मानिसहरु मौलिक पोशाकमा सहभागी थिए । प्रभातफेरीमा सहभागीहरुलाई विभिन्न स्थानमा स्वागत, सम्मान गर्दै सगुन समेत खुवाएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको