बागमतीका मुख्यमन्त्री राजन्द्र पाण्डेले दिउशो विश्वासको मत लिदैं

लोकखबर
२०७८ कार्तिक २२, सोमबार ११:४५

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज सोमबार दिउशो विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिएको जनाइएको छ ।

गत कात्तिक ११ गते एकीकृत समाजवादीका नेता पाण्डेले मुख्यमन्त्रीको सपथ लिएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएबमोजिम आजै विश्वासको मत लिने तयारी गरेका हुन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ ग्रहण गराएका थिए ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजिनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका हुन् । पाण्डेलाई गठबन्धनका तर्फबाट ५९ जना सांसदको समर्थन रहेको हस्ताक्षर प्रदेश प्रमुख समक्ष बुझाइएको छ ।

बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन् ।

विश्वासको मत लिएपछि मुख्यमन्त्री पाण्डेले सरकारमा थप मन्त्री थप्ने तयारी पनि गरेको बताइएको छ । यस्तै, नयाँ साझा कार्यक्रमहरु घोषणा गर्ने पनि मुख्यमन्त्रीको योजना रहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको