ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पुडासैनीको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, नवलपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
हेटौंडाबाट मनहरीतर्फ गइरहेको बागमती प्रदेश ३००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्बरको लहरी ट्रकले आज मंगलबार विहान साढे ६ बजे दिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का २० वर्षिय सुशान्त पुडासैनीको घटनास्थलमै मृत्यु भएको हो । रिमालका अनुसार ठक्कर दिने ट्रकका चालक लमजुङ घर भएका बर्ष ४९ का पूर्णबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रिमालले जनाएका छन् ।











































