मकवानपुरको बकैयामा एक घन्टा पैदल हिडेर पानी ल्याउनु पर्ने
मकवानपुर । पूर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर सात स्थित गाउँमा आज पनि खानेपानीको अभाव रहेको छ।
बकैयामा खानेपानीको अभाव भएपछि स्थानीयवासिहरु १ घन्टाको पैदल यात्रा (हिडेर) पानी लिन जाने गरेकाे र खानेपानीकाे लागि भएको बजेट विनियोजनको लापरबाहीका कारणले काम नभएमो स्थानीय बासि कुमार लामाले बताउँछन् । उनले भन-वडा नम्बर ७ को हिरामुनि (कान्द्राङ) र मामदमारमा धेरै खानेपानीकाे समस्या रहेकाे बताए ।
वि.सं.२०७६-०७७ मा नै खानेपानीको लागि बजेट विनियोजन भएता पनि काम नगरेकाे र खानेपानीकाे ट्याङ्की बनाउदा अँखामा झाराे हालेर स्थानीय बासिन्दाहरुलाई झुक्याई काम अधुराे राखेर बजेट हिनामिना पारेकाे सोही गाउँ निवासी मिलन तामाङले आरोप लगाएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडा भएता पनि खानेपानी तथा बाटोहरु लगायत यस्ता समस्याहरु थुप्रै रहेको उनले बताए ।उनले भने-`आधुनिक युगमा पनि धेरै जसो गाउँमा खानेपानीको समस्या स्थानीय बासिन्दाहरुका लागि ठुलो समस्या भनेक्क हो।´
हामी आज पनि पानी लिनकाे लागि १ घन्टाकाे पैदल यात्रा गरेर जानुपर्ने र मुहानमा पुगेपनि पानी भर्न भने लाईनमा बस्नुपर्ने बाध्यता रहेकाे युवा नेता तथा समाजसेवी छाेटेलाल जिम्बाले बताए । धरान चतरा बाटो बाट करिब ३ किलोमिटर अगाडि रहेकाे याे ठाउँ मा बर्षाकाे समयमा पानी पुग्ने तर हिउँदमा भने मुहाननै सुक्ने जिम्बाले बताए ।
बकैया गाउँपालिका वडा नम्बर ७ काे हिरामुनि (कान्द्राङ) मा करिब २ सय भन्दा बढी घरधुरिलाई खानेपानीको समस्या रहेकाे ७ नम्बर वडा कार्यालयकाे सदस्य तथा सोही गाउँ निवासी किशोर थापाले बताए । उनले भने अहिले याे क्षेत्रमा वडा बाट आएको बजेट बाट ४ र ५ वटा ईनार खनिसकेकाे र दिर्घकालिन रुपमा भने अर्को पानी ट्याङ्की बनाउन र चाडै गाउँपालिकाले डि.पि.आर. तयार गरि व्यवस्थित ढङ्गबाट अगाडि बडाउन लागिपरेका उनको भनाइ छ ।











































