पेट्रोलियको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुद्वारा मसाल जुलुस
मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले आज मसाल जुलुसत्प्रद्वारा विरोध दर्शन गरेको छ । नेकपा एमाले मकवानपुरका पार्टी कार्यालयदेखि बुद्ध चोकसम्म अनेरास्ववियु मकवानपुरको आयोजनामा मसाल जुलुस प्रदर्शन गरेको हो।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्या्इएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।
अनेरास्ववियु मकवानपुर अध्यक्ष बिशाल पौडेलले सरकारलाइ चेतावनी दिदै मूल्य ब्रिधि फिर्ता नभए अनेरास्ववियु थप संगर्षमा जाने उद्घोष गर्नु भयो । भोलि आइतबार मकवनापुर जिल्ला भरिका क्याम्पसहरुमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्न समेत आम विधार्थी नेता कर्यकर्ताहरुमा निर्देशन गरेका छन । यस कार्यक्रम अनेरास्ववियु केन्द्रीय स्थायी कमिटि सदस्य सन्तोष पौडेलको प्रमुख अतिथ्यामा भएको हो ।











































