सुनचाँदीको मूल्य निरन्तर उकालोमा, आइतबार प्रतितोला ९४ हजार ६ सय, चाँदी १३ सय

लोकखबर
२०७८ कार्तिक २८, आईतवार १२:२३

आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य पतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा आइतबार ९४ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको