मधुमेह दिवसको अवसरमा लायन्स क्लबद्वारा नि:शुल्क मधुमेह तथा प्रेशर चेक जाँच कार्यक्रम
मकवानपुर । विश्व मधुमेह दिवसको अवसर पारी हेटौंडको चिल्ड्रेन पार्कमा आज लायन्स क्लबद्वारा नि:शुल्क मधुमेह तथा प्रेशर चेक जाँच कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स कल्ब अफ हेटौंडा भुटनदेवीद्वारा भएको आयोजनामा ९१ जनाले सेवा लिएको हो। पञ्चमुर्ति आयुर्वेद क्लिनिकको तर्फबाट निशुल्क मधुमेह तथा प्रेशरको जाँच गरिएको थियो।
मधुमेह दिवसमा मानिसहरूलाई खानपान तथा जिवनशैली जन्य सल्लाह सुझाव र मधुमेहको औषधी दिईएको हो।
उक्त कार्यक्रममा लायन्स कल्बका अंकिता सुमार्गी, गायत्री श्रेष्ठ, शरिदी श्रेष्ठ तथा अन्य सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । पञ्चमुर्ति आयुर्वेद क्लिनिकबाट डाक्टर नितेश कुमार गिरी र बन्दना नेपाल रहेको थियो ।











































