ट्याक्टरमा मोटरसाइकल ठोक्कीदा चालकको मृत्यु

लोकखबर
२०७८ कार्तिक २९, सोमबार १३:२९

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा भएको दुर्घटनामा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ पकलेका ४८ वर्षीय चन्द्र प्रसाद अर्याल रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

हिजो बेलुकी पौने ८ बजे रोकिराखेको लु २ त ९७ ९९ नम्बरको ट्याक्टरमा, लु ३३ प ७६ १५ नम्बरको मोटरसाइकल ठोकिन पुगेको थियो । दुबै सवारी साधनसहित ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको