प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बार एसोसिएसनको निर्णय

लोकखबर
२०७८ कार्तिक २९, सोमबार १५:५९

काठमाडौं-नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । समय घर्किसकेकाले

प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने निर्णय भएको बार महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

‘उहाँलाई हामीले दिएको समय घर्किसकेको छ । अब वार्तामा बस्नुको औचित्य छैन,’ पौडेलले काठमाडौं प्रेससँग भने, ‘उहाँलाई हामीले प्रधानन्यायाधीश नै मानेका छैनौँ । देशभरका इजलासमा बहस बहिष्कार गरेका छौँ । त्यसैले वार्तामा बस्दैनौँ ।’

सोमबार सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै प्रधानन्यायाधीश जबराले बारलाई वार्ताका लागि आह्वान गरेका थिए । उनको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा देशभरका कानून व्यवसायी आन्दोलनमा छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको