हरिबोधनी एकादशीकाे अवसरमा संयुक्त युवा समाजद्वारा चिठा कार्यक्रम सम्पन्न
मकवानपुर । हरिबोधनी एकादशीकाे दिन मकवानपुरको बकैया- ७ मा स्थित रहेकाे संयुक्त युवा समाजले चिठा कार्यक्रम भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त युवा समाजकाे सदस्य बु्द्धम सिङले भने आर्थिक विपन्न परिवारका लागि केही राहत मिलाेस भनेर हामिले चिठा कार्यक्रमको आयोजना गरेकाे बताए ।
उनका अनुसार संयुक्त युवा समाज भनेकाे सामाजिक संस्था रहेको र यसले समाजमा रहेकाे बिकृति र बिसङ्गति बिरुद्ध बाेल्ने एउटा बलियाे खम्बा समेत रहेको हो। उनले भने याे संस्थाले आर्थिक बिपन्न परिवार तथा बालबालिकाहरुलाई सहयोग गर्ने एउटा संस्था रहेकाे बताए ।
आज हरिबोधनी एकादशीकाे अवसरमा युवा समाजद्वारा आयोजना गरिएको कार्यक्रममा बकैया-७ को ८ वटा बिद्यालयकाे आर्थिक बिपन्न परिबारकाे बालबालिकाहरुलाई २१ हजार बराबरकाे कापि, कलमहरु सहयोग गरेको थियो। अबकाे याेजना भनेकाे बकैयामा एउटा मात्र बिरामि बाेक्ने एम्बुलेन्स रहेकाे र कुनै बेला अप्ठ्यारो परेकाे बेलामा एम्बुलेन्स नहुने समस्यालाई मुक्त पार्नकाे निम्ति हामिले आउँदो दिनमा संस्थाको नामबाट एम्बुलेन्स खरिद गर्ने लागेकाे संस्थाको प्रतिनिधिहरुले बताए ।
आयोजना भएको कार्यक्रममा प्रथम ३० हजार , दाेस्राे २० हजार र तेस्रो हुनेलाइ १० हजार तथा सान्त्वना हुने पाँच जनालाई १ हजारको दरले रुपैयाँ प्रदान गरिएको थियाे ।
कार्यक्रममा बकैया-७ काे सदस्य किसाेर थापा ,नेपाली काङ्ग्रेस बकैया-७ काे सभापति पाेष बहादुर घिमिरे, घमनटाेल स्पाेट्स क्लबकाे अध्यक्ष राजकुमार तिमलसिना तथा बिधालयको प्राध्यापकहरु लगायतको उपस्थिति रहेकाे थियाे।











































