हेटौंडामा बोलेरो र मोटरसाईकलबीच दुर्घटना हुँदा रिजालको मृत्यु

लोकखबर
२०७८ मंसिर १, बुधबार १२:२५

मकवानपुर । हेटौंडामा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुँनेमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंड-९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा कैलाश गाउँपालिका वडा नम्बर ४ कालिकाटारका अन्दाजी २४ वर्षीय अविरल रिजाल रहेका छन् ।

गएराति हेटौंडाबाट रातोमाटे जाँदै गरेको ना ३४ प ६०४४ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरोले ठक्कर दिँदा मोटरसाईकल चालक रिजालको मृतयु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रवक्ता दासका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका रिजालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको