वीस वर्ष वामपन्थी आन्दोलनमा लागेका अर्यालले रोजे एकीकृत समाजवादी
मकवानपुर । दुई दशक देखि वामपन्थी आन्दोलनमा सक्रिय रहनुभएका रामकुमार अर्याल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, हटियाका अर्याललाई पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले स्वागत गरे ।
अर्यालले नेकपा (संयुक्त) मा जिल्ला सदस्य तथा ट्रेड युनियन फेडेरेशनको केन्द्रिय सदस्यको रुपमा आफ्नो भूमिका निर्वाह गरिसकेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ शितलमहलचोकस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता अर्याल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा पार्टी प्रदेश कमिटीका सदस्य भोला रुपाखेती, जिल्ला कमिटीका सदस्यहरु लोकनाथ चौलागाईं, ओमनाथ चौलागाईं, कृष्ण राई, कृष्ण सापकोटा लगायतको उपस्थिती थियो ।











































