नारी सीप सृजना केन्द्रद्वारा बेचबिखन तथा सचेतना मुलक कार्यक्रम

लोकखबर
२०७८ मंसिर १, बुधबार २२:०६

मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउपालिकामा आज मानव बेचबिखन सम्बन्धमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

बागमती गाउँपालिकाको देवकी मावीमा आज (बिहिवार) नारी सीप सृजना केन्द्रद्वारा आयोजित तथा ए.डब्ल्यु. अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहयोगमा बक्तित्व कला प्रतियोगिता भएको हो ।

कार्यक्रममा देवकी मावी र सुर्य मावीको सहभागीता रहेको नारी सिप सृजना केन्द्रको निर्देशक चिरञ्जीवी पौडेलले जनाएको छ।

बिद्यार्थीहरुलाइ मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना अन्तर्गत बागमती गाउपालिका वडा नम्बर ५ मा रहेको श्री देबकी माध्यामिक बिधालयमा मानव बेचबिखन रोकथाममा बिधार्थिको भुमिका विषयक अन्तर बिध्यालय बक्तितोकला प्रतियोगिता तथा हात धुने सिकाइ कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा बिद्यार्थीहरुको भुमिका तथा के-के गर्नु पर्ने विषयमा केन्द्रीत भएर कार्यक्रम भएको उनले बताए ।

 

कार्यक्रममा देवकी मावी, सुर्य मावीको प्रध्यानाध्यापक, बिद्यालय परिवार तथा देवकी बिध्यालयका पुर्ब प्रध्यानाध्यापक खड्क पुलामी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको