एनआईसि बैंकले गर्यो विधार्थीको जीवनसंग खेलबाड
रन्धिर साह
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एनआईसि एसिया बैंकले विधार्थीको जिवनसंग खेलबाड गरिएको छ ।
भौचर भरेको र कर्मचारीले भाउचर दाखिला नगरि समावेशी पत्रनै यताउता गरेर बिधार्थीको लोकसेवा आयोग परिक्षा माथि खेलवाड गरेको पिडित हेटौंडा उपमहानगरपालिका ५ पिप्ले निवासी राज लम्सालले गुनासो गरेको हो । उनले भने अब हाम्रो एक वर्षको पढाई नै नष्ट मात्र नभई जागिर खाने सोचमा पनि घात परेको बताए । यस पालि धेरै कम साथिले आवेदन भरेको थियो र मेरो तयारी अनुसार मेरो नाम आउँने आशा बढी रहेको थियो । तर बैंकको लापरवाहीका कारण आज मेरो यो सपना पनि हिनामिना भएको उनको भनाई छ ।
बैंकले गरेको यस्तो अव्यवस्थित तरिकाको कामले मेरो एक वर्ष नै खतम भएको बताए । यस्ता गल्ति एक चोटि न भई बार बार हुँने गरेको गुनासो समेत पोखेका छन् । उनी आफु माथि सोसन भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्धा समेत दर्ता गर्न गएको बताए ।
उनका अनुसार बैंकले मेरो रुपैया लिएर भौचर छाप समेत लगाईएता पनि मेरो भौचर आधा कागज तथा दाखिला किन गरिएन त ? एनआईसि बैंक शाखा प्रमुख अन्नत राज धितालले पनि रुचि नदेखाएको बताए । बैंक शाखा प्रमुखले भन्छन् केहि दिन पहिला आउँनु भएको भए सायेद हामी केहि गर्न सकिन्थयो । तर अब हामि पनि केहि गर्न न सहिने उनले भनाईछ । बैंक शाखा प्रमुखले पनि यस्ता गैर जिम्मेवार उत्तर दिदा पिडित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा द्धर्ता गर्न गएको हो ।
लोक सेवा आयोगको परिक्षा भोलि नै रहेकाका कारण हामि अब केहि न गर्न सहिने बैंक शाखा प्रमुखको भनाई छ ।











































