मकवानपुरका वनकरियाको हितमा संसद र सरकारको भूमिकाका विषयमा पत्रकारसँग अन्तरक्रिया

लोकखबर
२०७८ मंसिर २, बिहीबार २२:१२

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा वसोवास गर्दै आएका लोपन्मुख वनकरिया जातीका लागि संसद र सरकारको भूमिकाका विषयमा बिहीबार हेटौंडामा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरद्वारा आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले वनकरियाको हितका लागि आर्थिक र सामाजिक कार्यक्रम ल्याउने बताए । प्रदेश सरकारले उनीहरुको हितका निम्ति काम गर्ने समेत उनले बताए । सरकारको नीति तथा कार्यक्रममै समेटेर भएपनि राज्यको लोपन्मुख जातजातीका लागि बजेट ल्याएर काम गरिने बताएका छन् ।

अहिले वनकरिया समुदाय वस्दै आएको जग्गाको स्वामित्व दिलाउनका लागि प्रदेश सरकार लागिपर्ने बताए । उनीहरुको चाहना अनुसार बिद्यालय खोलीदिने, आयआर्जनका काममा सहयोग गर्न आफुहरु तयार रहेको मन्त्री जमकट्टेलले भनाइ छ ।

वनकरियाको वस्ती सार्नका लागि समस्या भएको वताउँदै उनले भने–‘यहाँको वस्तीबाट वनकरियालाई सार्न पनि समस्या भएकाले उनीहरुको चाहना अनुसार अरु क्षेत्रमा सहयोग गर्नुपर्छ । वनकरियाले उपयोग गरेको जग्गा उनीहरुकै नाममा ल्याउनका लागि प्रदेश सरकार लागिपर्छ ।’

बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफु पहिलो पटक वनकरिया वस्तीमा पुगेर त्यहाँको वास्तविक अवस्था देख्दा सबैले त्याहाँको विकासका लागि काम गर्नुपर्ने बताएका छन् । कार्यक्रमलाई संबोधन गर्दैउनले आफु जुन क्षेत्रबाट प्रतिनिधित्व गरेको हो त्यही क्षेत्रबाट वनकरियाको सहयोगका निम्ति पहल गर्ने बताए ।

वनकरिया वस्तैनै असुरक्षित रहेको वताउँदै उहाँले भन्नुभयो–‘वस्ती बचाउन सबै लागौं । सबै सरकार मिलेर मात्र त्यहाँ काम गर्न सकिने छ । हामी यो विषयमा संसदमा पनि कुरा उठाउँछौं ।’

बागमती प्रदेशका प्रदेशसभाका सदस्य ओम बहादुर ग्लानले वनकरियाको जिवनस्तर उकास्नका लागि तीन तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् । अव पहिलेको जस्तो भन्दा पनि उनीहरु पनि आधुनिकता तर्फ जाँदै गरेको बताए । वनकरियाको समस्या समाधान कर्मचारीबाट हुन्छ भनेर आस गर्नु भन्दा पनि सरकारका जनप्रतिनिधिले गर्नुपर्ने बताए । उनीहरुका लागि शिक्षा, स्वास्थ्यसंगै बसेको जग्गाको लालपूर्जा दिलाउन लाग्ने बताए ।

बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ठले वनकरियाहरु जंगलमा कमिला पिसेर खानासंग खाँदै गर्दा जंगलको ओढारबाट त्यहाँसम्म ल्याइएको वताउनुभयो । आफु पहिलोपटक उनीहरुलाई भेट्न जाँदा त्यस्तो देखेको बताए ।

वनकरियाका विषयमा समाचारमा विक्ने विषय भएकाले आफुले निरन्तर रिपोटिङ गरेको उनले बताएका छन् । समाचार बिक्ने र कार्यान्वयन हुँदै गर्दा त्यहाँको समुदायहरु अहिले सामाजिक सुरक्षा भत्ता पाउने स्थिती सम्म पुगेको हो । उनीहरुका नाममा जग्गा नहुँदा सरकारले जनता आवास कार्यक्रम अन्तरगत घर वनाउन लाग्दा समेत समस्या भएको कान्तिपुर दैनिकका उपसम्पादक समेत रहनु भएको विष्ठले बताए ।

अब सरकारले वनकरिया जातीसंगै लोपन्मुख समुदायको निशुल्क उपचार विमा गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा जनपत्र मिडिया प्रालि मकवानपुरका अध्यक्ष हरि हुमागाईले वनकरिया समुदायका लागि तीन तहका सरकारको ध्यान आकर्षण गर्न र नीति नियम वनाउँदा पनि सहज होस भनेर यो कार्यक्रम गरिएको बताए । वनकरिया वस्तैमै पुगेर समेत उनीहरुसंग अन्तरक्रिया कार्यक्रमपछी अहिले भनेर फेरी सरकार र संसदलाई नीति वनाउन सहज होस भनेर कार्यक्रम गरिएको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको