प्रदेश राजधानीमा ट्राफिकको निगरानी फितलो ! (तस्बिरसहित)

रन्धिर साह
२०७८ मंसिर २, बिहीबार २२:४६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ट्राफिक प्रहरीको निगरानी फितलो भएको गुनासो छ ।
हेटौंडाको संगम चोकमा आज विहान करिब १० : २६ बजेको समयमा चोकमा ट्राफिक प्रहरी भेटिएनन् । ट्राफिक प्रहरी नभएका कारण सवारीसाधनले जथाभावी रुपमा बाटो काट्ने गरेको पाइएको छ । ट्राफिक प्रहरीको निगरानी नभएका कारण एक जना महिला परिन् ।

                                                                                              संगम चोक

काङ्ग्रेस चोकबाट संगम चोक तर्फ आउँदै गरेको स्कुटीले बच्चा बोकेको महिलालाई ठक्कर दिँदा महिलाको खुट्टामा समान्य चोट लाग्न पुग्यो । तर भने बच्चालाई केही हुन सकेन ।
सो चोकका बासिन्दाहरु ट्राफिकले आवश्यक परेको बेलामा ध्यान नदिएको गुनासो गर्छन् । ‘आवश्यक परेको बेलामा चोकमा न प्रहरी हुन्छन्, न सहयोग नै पाइन्छ । ’ एक स्थानीयले गुनासो गरे । उनले यस्ता घटनाहरु दिनानुदिन भइरहेको बताए ।


हेटौंडा ४ स्थित सिमा चोकमा पनि ट्राफिक प्रहरीको निगरानी फितलो भएको पाइन्छ । यस्तै, चौकीटोलमा पनि बेला बेलामा ट्राफिक प्रहरी नदेखिने गरेको स्थानीयको गुनासो छ । बजारका केही चोकमा भने ट्राफिक प्रहरीको निगरानी राम्रै रहेको पाइन्छ ।

                                                                                      सिमा चोक

कान्तिलोकपथ स्थित कुमारी बैंक भएको ठाँउ वरपर पनि ट्राफिक प्रहरीको निगरानी हालसम्म प्रभावकारी नै देखिएको पाइएको छ । यो चोकमा ट्राफिक प्रहरी सुकदेव चौधरीले निगरानी गरिरहेका छन् ।

                                                                                       चौकी टोल

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको