६३ जनाले गरे रक्तदान

लोकखबर
२०७८ मंसिर ३, शुक्रबार १५:३२

मकवानपुर । रक्तसञ्चार केन्द्र हेटौँडामा रगतको अभाव भएसँगै राष्ट्रिय युवा संघ नेपाल हेटौँडा १२ र १३ नम्कर वडा कमिटिले शुक्रबार पदमपोखरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा ६३ जनाले रक्तदान गरेका हुँन् ।

राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा कमिटी अध्यक्ष महेश भट्टराई र १३ नम्बर वडा अध्यक्ष सिन्धु लामा थोकरको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडामा रगतको अभाव भएको जानकारी प्राप्त भए सङ्गै आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको राष्ट्रिय युवा संघ नेपाल हेटौँडा नगद कमिटिका अध्यक्ष राजेश नगरकोटीले बताए।

पछिल्लो केहि समयबाट हेटौँडामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहाल, युवा नेता नरेन्द्र भण्डारी, राजेश नगरकोटी लगायतका युवाहरुले आकस्मिक रक्तदान अभियान नै संचालन गरिरहेका छन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको