हेटौंडामा एमाले प्रवेशको लहर बढेको छः मेयर महत
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले यहाँको विकास र समृद्धीका लागि आफू निरन्तर लागिपरेको बताएका छन् ।
नेकपा एमाले हेटौंडा-१३ को आयोजनामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले यहाँका हरेक स्थानमा विकासका ढोका खोलिएको बताए ।
मेयर महतले एमालेमा प्रवेशको लहर बढेको समेत बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ४९ जना एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेलाई मेयर हरि बहादुर महतले टिका र खादा ओढाएर स्वागत गरेका थिए।











































