मेयर महतको नेतृत्वमा हेटौंडाको हुप्रचौर सफाइ अभियान जारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतको नेतृत्वमा सुरु भएको लोकतान्त्रिक चौर (हुप्रचौर) क्षेत्र सरसफाई अभियान जारी रहेको छ ।
हेटौंडाको मुख्य बजार हेटौंडा-४ स्थित ठूलो खेल मैदान तथा खुला क्षेत्रमा घाँस र अन्य फोहोर समेत हुन थालेपछि मेयर महतको नेतृत्वमा सरसफाई अभियान सुरु भएको थियो । नगर प्रहरीको सहयोगमा सफाइ गरिएको मेयर महतले बताए ।
बुधबार देखि पुन हुप्रचौरको सफाइ अभियान सुरु गरिएको र नसकुन्जेल सम्म सफाइ अभियानलाई निरन्तता दिइने नगर प्रहरी प्रमुख नेत्र ढकालले जानकारी दिए।
हुप्रचौरमा उपमहानगरपालिकाले वाकिङ ट्रयाक निर्माण गरेको र यो सफाइ अभियान जारी राखिएको उनले बताए । खेलमैदान पनि सबै आएर खेल्नका लागि समस्या हुँदै आएको थियो ।
अब सफाइ गरेपछी थप सहज हुने छ । यसअघि पनि दुई महिना अघि हुप्रचौर सफाइ गरिएको थियो । तर, अहिले फेरी घाँस, वनमाराको झार, प्लाष्टीकका बोत्तलले फोहोर भएकाले सफाइ अभियानमा जुटेको उनले बताए ।
ठूलो चौर भएकाले सफाइको काम सक्न गरप्रहरीलाई केही दिन लाग्ने छ । तर, सफाइको यो चरणको काम सकेर मात्र विश्राम लिने उनले बताए ।
पहिले जनपथ प्रहरी, ससस्त्र प्रहरी, नगरप्रहरी, खेलप्रेमीहरुसहित मिलेर हुप्राचौर सफाइ गरेका थिए । अहिले भने बिहानको समयमा नगरप्रहरीले सफाइको सुरुवात गरेको हो ।











































