अन्तराष्ट्रिय बालदिवसको अवसरमा बालसुधार गृहलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग
मकवानपुर । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा हेटौंडामा रहेका बालसुधार गृहलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको छ । मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्वको संजाल, अस्मिता नेपाल तथा विभिन्न समाजिक संस्थाहरुको सहयोगमा र मकवानपुरको समन्वयमा कापी, व्याटमिन्टन, भलिबल लगायतका खेलकुद तथा स्टेशनरी सामाग्री बालसुधार गृहलाई आज सहयोग गरेको हो।
सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तान
अन्तराष्ट्रिय बालदिवसको अवसरमा शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बालगृहका ५४ जना बालकलाई सामाग्री हस्तान्तरण गरिएको हो । सामाजिक विकास मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुङ्गेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तानको प्रमूख अतिथ्यता रहेको थियो । मन्त्री मोक्तानले बालबालिका किन र कसरी सुधार गृहमा आइरहेका छन् भन्ने कुरा यकिन गर्नुपर्ने बताएका छन् । समाज सुधारका वाहक बालबालिका आफैँ रहेकाले सकारात्मक बाटो सरकारले निर्माण गरिने बताए।
बालबालिकाको भविष्य निर्माणमा अभिभावकको पहिलो भुमिका रहेको मन्त्री मोक्तानले बताए । अभिभावकसँगै राज्यको पनि उत्तिकै जिम्मेवारी हुँदा सकेसम्म सुधार गृहसम्म बालबालिका आइपुग्न नदिन अभिभावक जिम्मेवार हुनुपर्ने बताए । यस सामाग्रीले बालबालिकाको शैक्षिक तथा खेलकुद विकासमा सहयोग पुग्ने र बाल सुधार गृहमा नै रहेर आफ्नो भित्र रहेका प्रतिभा नियालन सकिने समेत मन्त्री मोक्तानले बताए ।
शिक्षाले समाज सुधारमा सहयोग पुग्ने भएकाले बालबालिकाको शैक्षिक विकास महत्त्वपूर्ण रहेको बताए । अब बाल सुधार गृहबाट बाहिर जादा सकेसम्म फेरी यहाँ नआउनु पर्ने वतावरणको पनि सृर्जना गर्नु पर्ने र यहाँबाट आफ्नो गाउँ पुगेसि त्याहाँ पनि यस्ता यस्ता काम न गर्नका लागि सुझाव समेत दिने योगय बनेर मात्र बाहिर जाने उहाँको भनाई छ ।
अस्मिता नेपालकी अध्यक्ष आर्ती पाठक
अस्मिता नेपालकी अध्यक्ष आर्ती पाठकले भने यहासम्म आइपुगेका बालबालिकालाई अपराधिको नजरबाट हैन छोरा छोरीको नजरबाट हेरेर अगामि दिनमा केही राम्रो काम गर्न सकिने वतावरणको सृर्जना गर्नु पर्छ । आज वितरण गरेको शैक्षिक समाग्री राम्रो संग आफ्नो सम्क्षेर प्रयोग गर्यो भने एक वर्षका लागि पुगिन्छ । साथै फेरी पनि हामी बेला बेलामा यस्तो सहयोग गरिरहने प्रतिवधता समेत गरेका छन् ।
कार्यक्रममा सिविन नेपालका संयोजक झविन्द्र ज्ञवाली, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, सामाजिक विकास मन्त्रालयका उपसचिव रुद्रहरी भण्डारी, अस्मिता नेपालकी अध्यक्ष आर्ती पाठक तथा जिल्ला अदालत बार एशोसिएशन मकवानपुरका अध्यक्ष अधिवक्ता ऋषि केबी लगायतको उपस्थिति रहेको थियो ।











































