पाथिभरा मन्दिर जोड्ने सडकमा ढलान कार्य सुरु

लोकखबर
२०७८ मंसिर ४, शनिबार १५:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरवडाँड स्थित पाथिभरा मन्दिर जोड्ने सडकमा स्ल्याब ढलान कार्य सुरु भएको छ ।

शनिबार एक कार्यक्रमका बीच हेटौंडा-१ को वडा सदस्य इश्वरी रसाईलील उक्त सडकको शिलान्यास गरेकी हुन् ।

कार्यक्रममा उपमहानपालिका मेयर हरिबहादुर महतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

मेयर महतले धार्मिक पर्यटकीय क्षेत्र पाथिभरा मन्दिर जोड्न सडक स्ल्याब ढलान सुरु गरिएको बताए । मेयर महतले राप्ती पुल नजिक सडकबाट भैरवडाँडा स्थित पाथिभरा मन्दिर जोड्ने सडकलाई स्तरोन्नती गर्ने क्रममा नगरपालिकाले स्ल्याब ढलानको लागि बजेट छुट्टाएको बताए । उनले उक्त सडक स्ल्याब ढलान समयमै सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह गरेका छन् ।

स्ल्याब ढलान गर्न लागिएको सडकको लम्बाई ३ सय ४० मिटर र चौडाई ५ मिटर रहेको सडक निमार्ण उपभोक्ता समितिका अध्यक्ष विनोद कुमार सापकोटाले जानकारी दिए । उनले उक्त सडक निमार्ण आगामी ६ महिना भित्र सम्पन्न हुने बताए । उनले उक्त सडक निमार्णले धार्मिक पर्यटकीय क्षेत्र पाथिभरा मन्दिरमा दर्शन गर्ने आउने भक्तजनहरुलाई थप सहज हुने बताए ।

शिलान्यास कार्यक्रममा एमाले हेटौंडाका नगर अध्यक्ष शालिकराम पुडासैनी,पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटा लगाएत सडक निमार्ण उपभोक्ता सिमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको