माओवादी केन्द्र हेटौंडा ९ को अध्यक्षमा मिश्र चयन
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ९ नम्वर वडा कमिटीको अध्यक्षमा बलराम मिश्र सर्वसम्मत रुपमा चयन भएका छन् । पार्टीको शनिवार सम्पन्न प्रथम वडा सम्मेलनले मिश्रको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी निर्माण गरेको हो ।
त्यस्तै कमिटीको उपाध्यक्षमा मन्जु देवकोटा, सचिवमा भक्तबहादुर बुद्धथोका, सह–सचिवमा राजकुमार गौतम र कोषाध्यक्षमा भरतबहादुर नेपाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष मिश्रले माओवादीको संगठनलाई थप चुस्त दुरुस्त बनाउने बताए । आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउनको लागि संगठन विस्तारलगायतका काममा वडा कमिटीलाई सक्रिय तुल्याउने उनको भनाई छ । सबैले विश्वास गरेर आफुलाई सर्वसम्मत रुपमा नेतृत्वको जिम्मेवारी सुम्पिएको भन्दै उनले कार्यकर्ताको मनोभावना अनुरुप अब्बल काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा मकवानपुर जिल्ला सदस्य प्रमिला लामा पुलामीले भने-हामी मिलेर अब फेरि २०६४ सालको माओवादी नेतृत्वमा जानू पर्ने छ। २०६४ सालमा देशका हरेक नागरिकको भनाइ थियो कि `म माओवादी हु´।त्यही समयमा फेरि पनि जानू पर्छ। पार्टी भित्र रहेको कमिकम्जोरिलाई सुधार गर्दै नयाँ नेतृत्वका साथ अगाडि बढ्ने बताए ।
उनले भने टोल कमिटी र सेल कमिटीले गरिएको गठन बाट अगामी दिनमा हाम्रो वडा मात्र हैन सिङो देशमा नै २०६४ सालको जस्तो भुमिकामा फर्किनु पर्छ। त्यस पछि नेपालमा फेरि पनि हाम्रो सता हुने र हाम्रो साता भए पछि देशलाइ नयाँ नेपालको रुपमा चिनाउने छौँ । हामि सातामा भएता पनि केही गर्न न सक्नुको कारन ओलि प्रवृत्तिले हामी सङ छ्ल गरेको कारण हो। तर अब हामी एक साथ मिलेर देश बिकासको बाटोमा लाग्नु पर्छ। तब मात्र देशको बिकास संभब रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेकपा केन्द्र बागमती प्रदेशका समिती सदस्य तथा हेटौंडा उपमहानगरपालिका-१२ का वडा अध्यक्ष मनि लामाको बिशिस्ट आतिथ्यता रहेको थियो । भने अतिथिमा नेकपा माओवादी मकवानपुर जिल्ला सदस्य गणेश चौलागाईं, जिल्ला सचिवालय सदस्य रामजी अर्याल, जिल्ला सदस्य गंगा भट्टराई, जिल्ला सदस्य ज्ञानेन्द्र लामिछाने तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।











































