क्लबद्वारा मानवसेवा आश्रममा नि:शुल्क मधुमेह उपचार

लोकखबर
२०७८ मंसिर ४, शनिबार २२:०३

मकवानपुर । हेटौंडा-९ स्थित मानव सेवा आश्रममा क्लबद्वारा सन्युक्त रुपमा नि:शुल्क मधुमेह चेक जाँच गरिएको छ।

लयान्स क्लब अफ हेटौंडा मुक्तिनाथ र लयान्स क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिमेसन र क्लब अफ हेटौंडा मुक्तिनाथ तथा लियो क्लब अफ हेटौंडा मुक्तिनाथ परेडाईद्वारा सन्युक्त रुपमा मधुमेह चेक जाँच तथा सचेतना मुलक कार्यक्रम गरेको थियो।

लायन्स एम.जे.एफ.का अनिता सुमर्गिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १ सय २१ जनाले सेवा लियेको लयान्स क्लब अफ हेटौंडा मुक्तिनाथको अध्यक्ष पृतक कोइरालाले जनाएको छ।

दिनानु दिन समाजमा मधुमेह रोगीहरुको संख्या बद्दै गएको र मानव सेवा आश्रममा पनि यस्ता समस्या रहेकाले आश्रममा सेवा तथा सुचना गराएको अध्यक्ष कोइरालाले बताए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको