मउवासंघमा पदाधिकारी चयन

लोकखबर
२०७८ मंसिर ८, बुधबार १८:४८

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवासंघ) को विभिन्न पदहरुमा आज (बुधबार) पदाधिकारी चयन भएका छन् ।

मउवासंघको विधानको प्रावधान अनुसारका विभिन्न पदहरुमा नयाँ समिती चयन गरिएको हो । मउवासंघको अध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल) को सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

रोजगारदाता परिषद्को सभापतिमा संघका उपाध्यक्ष उज्वल चौलागाई, बस्तुगत समन्वय समितिको संयोजकमा संघका उपाध्यक्ष राजु अधिकारी, महासचिवमा दिपक उप्रेती, सचिवहरुमा माधव ज्ञवाली, राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, सहकोषाध्यक्षमा निलम पाण्डे, महिला उद्यमी विकास समितिको सभापतिमा अंकिता सुमार्गी, बस्तुगत समन्वय समितिको सहसंयोजकमा तेजराज अधिकारी र प्रदिप अर्याल, सल्लाहकारमा उत्तमप्रसाद शर्मा, कानूनी सल्लाहकारमा ईश्वरराज ढकाल र आईटी परामर्शदातामा निरज श्रेष्ठ चयन भएको हो ।

यस्तै केही दिन पहिला संघको पदाधिकारीहरु मध्ये वरिष्ठ उपाध्यक्षमा अनिल अग्रवाल, कोषाध्यक्षमा सन्तोष कुमार अर्याल, कार्यसमिति सदस्यमा रवि कडेल शर्मा, जगदिश दहाल, विशेष आमन्त्रित सदस्यमा राजेन्द्र लामिछाने र कृष्णराज कोइराला मनोनित भएको थियो । भने सल्लाहकारहरुमा हिरालाल श्रेष्ठ, श्याम सुन्दर ढकाल, अशोक शाक्य, महेन्द्र राउत, नरोत्तम दहाल र सरोज खनाल चयन भएको हो ।

त्यसैगरी अध्यक्ष सल्लाहकारमा विष्णु प्रसाद घिमिरे चयन भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको