प्रदेश राजधानीमा ट्राफिकको निगरानी फितलो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ट्राफिक प्रहरीको निगरानी फितलो भएको गुनासो छ ।
हेटौंडा उपमहानगरपालिकाका मनकामना चोक, संगम चोक, कांग्रेस चोक, सिमा चोक तथा चैंकीटोलको चोकमा विहानको समयमा ट्राफिक प्रहरी भेट्दैन्न । ट्राफिक प्रहरी नभएका कारण सवारीसाधनले जथाभावी रुपमा बाटो काट्ने गरेको पाइएको छ । ट्राफिक प्रहरीको निगरानी नभएका कारण दिनानुदिन सवारी दुघर्टना हुँने गरेको चैंकी टोल निवासी गोखुल तिम्लसिना (नाम परिवर्तन) ले बताए ।
बागमती प्रदेशको राजधानीमा पनि नेपाल प्रहरी बल र ट्राफिक प्रहरीको निगरानी फितलो रहेको छ । डिउटिमा खटिएका एक जना प्रहरीले भन्छन् ‘हेटौंडा राजधानी भएता पनि यहाँ प्रहरीको संख्यामा कमि रहेको छ ।’ कुनै एक जना प्रहरीले कुनै एउटा चोक मात्र नियन्त्रण गर्न सकिन्छ तर हाम्रो जनशक्ति कम भएका कारण हामीले संगम चोकबाट कांग्रेस चोक, संगम बसपार्क पनि हेर्नु पर्छ । साथै कुनै कुनै समय त मानस चोक र बनस्खण्डी तर्फ पनि जानु पर्ने उनले बताए । एक जना प्रहरी चोकमा बस्दा न बसेको जस्तो देखिने बताए ।
यसमा नत हेटौंडा उपमहानगरपालिकाले नै चासो देखाएको छ भने नत प्रहरी कार्यालय मकवानपुरले नत जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नै ।
मकवानपुरमा नै यस्तो प्रहरीको निगरानी छ भने अरु १० वटा स्थानीय तहहरुमा कस्तो होलान भनेर संगम चोक निवासी एक स्थानीयले गुनासो गरे । उनले भने ‘आवश्यक परेको बेलामा चोकमा न प्रहरी हुन्छन्, न सहयोग नै पाइन्छ । ’
बजारका केही चोकमा भने ट्राफिक प्रहरीको निगरानी राम्रै रहेको पाइन्छ । कान्तिलोकपथ स्थित कुमारी बैंक भएको ठाँउ वरपर पनि ट्राफिक प्रहरीको निगरानी हालसम्म प्रभावकारी नै देखिएको पाइएको छ । यो चोकमा ट्राफिक प्रहरी सुकदेव चौधरीले निगरानी गरिरहेका छन् ।
मकवानपुर जिल्लामा प्रहरीको जनशक्ति धेरै कम भएका कारण यस्ता समस्याहरु देखा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक प्रकाश पाँण्डेले बताएका छन् । उनका अनुसार सिडिओ, स्थानीय सरकार तथा मन्त्रालयमा पनि सो समस्याको बारेमा भनिसक्दा अहिलेसम्म केही हुँन सकेको छैन् । पुर्व मुख्यमन्त्री अश्ठ लक्ष्मि शाक्य जिले पनि पार्किङ्गको व्यवस्था मिलाउँने भन्नु भयो तर नभएको उनको भनाई छ ।
आज भएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाअधिवेशनमा मकवानपुरबाट १८ जना ट्राफिक प्रहरी २ दिनका लागि चितवन गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्रमुख प्रहरी निरिक्षक प्रहरी पाँण्डेले जनाएको छ ।











































