प्रमुख सेनानी कणेँलद्वारा आश्रमलाई खाद्यान्न सामग्री सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-९ स्थित रहेको मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग भएको छ।
जिल्ला गुल्मीमा घर रहेको तथा हाल मकवानपुर जिल्ला सुपरटार व्यारेग स्थिति पुरानो गोर्खा गणका गणपति प्रमुख सेनानी लेप्टिनेण्ट कणेँल राजेश थापाले आज एक कार्यक्रमबीच मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।
१० थान सिलिन्डर, चामल ७ बोरा, सब्जी, फलफूल करिब सय किलो लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको आश्रमको अभियानता होमनाथ पौडेलले जनाएको छ।











































