चौघडा बचत तथा ऋण सहकारी संस्थाको भुवनेश्वर सेवा केन्द्रको उदघाटन

लोकखबर
२०७८ मंसिर १२, आईतवार १२:२२

मकवानपुर । चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हेटौंडा ४ स्थित भुवनेश्वर सेवा केन्द्रको आईतबार उदघाटन गरिएको छ । वि।सं। २० सालमा स्थापित भुवनेश्वर बचत तथा ऋण सहकारी चौघडा सहकारीमा मर्ज भएपछि भुवनेश्वर सेवा केन्द्र संचालनमा ल्याईएको हो ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख अतिथ्य तथा सहकारीको भुवनेश्वर सेवा केन्द्रका ब्यबस्थापक दिपकदास श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका दुर्गा न्यौपाने, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, चौघडा बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ, सचिव अर्जुनप्रसाद हुँमागाई, कानुनी सल्लाहकार रमेश गिरी, सल्लाहकार रबिकुमार चौलागाईले मन्तब्य व्यक्त गरेका थिए ।

सहकारीकी अञ्जली थापाले संचालन गर्नु भएको कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य राजेन्द्र वस्ताकोटी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश परिषद् सदस्य अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

वि। सं। २०६५ चैत्रमा स्थापित चौघडा बचत तथा ऋण सहकारीमा हाल २ हजार ४ सय ५३ शेयर सदस्य रहेका छन् । सहकारीको कूल बचत २३ करोड ७८ लाख ५ हजार रहेको छ भने ऋण प्रवाह २५ करोड ५० लाख २५ हजार रहेको बताईएको छ । २०६६ चैत्रमा स्थापित भुवनेश्वर बचत तथा ऋण सहकारीमा १ सय ७१ जना शेयर सदस्य, ९२ लाख ३७ हजार बचत र ८५ लाख ४३ हजार लगानी रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको