मुलुकमा आज थप १ सय ५८ जनामा कोरोना
मकवानपुर । नेपालमा थप १ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९१८ जनामा गरिएको परीक्षणमा १५८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरि, पछिल्लो २४ घण्टामा थप ३४२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।७ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ९६६ रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण देशभर २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।











































