ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–८ स्याउले चोकमा सोमबार बिहान साढे ३ बजे ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो।
अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
उनको पहिचान खुलेको छैन् ।











































