मकवानपुरमा माओवादीको पालिका अधिवेश (कोको भए चयन)

लोकखबर
२०७८ मंसिर १५, बुधबार १२:१३

मकवानपुर । नेकपा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशनअन्तर्गत मंगलवार मकवानपुरका ५ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

पालिकास्तरीय अधिवेशनअन्तर्गत हेटौंडामा तीर्थ बहादुर थापा, कैलाश गाउँपालिकामा बालकुमार मल्ल, बकैया गाउँपालिकामा भक्तबहादुर खत्री, मनहरी गाउँपालिकामा रामप्रसाद कालाखेती र राक्सिराङ गाउँपालिकामा हस्तबहादुर स्याङ्तानको अध्यक्षतामा सर्वसम्मत पालिकास्तरीय कमिटी चयन भएको छ ।

मकवानपुर जिल्लाका १० पालिका मध्ये बागमती र ईन्द्रसरोवर गाउँपालिकामा आज बुधबार नेकपा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन हुँदैछ भने भीमफेदी गाउँपालिकाको अधिवेशन मंसिर १८ गतेका लागि तय गरिएको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिंह पाख्रिन (पृथक) ले जनाएको छ। मकवानपुरगढी गाउँपालिकाले पदाधिकारी चयनको कार्य मंसिर १७ गते गर्ने जनाएको छ ।

सोमबार र मंगलबार सम्पन्न पालिकास्तरीय अधिवेशनबाट निर्वाचित सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने क्रममा सर्वसम्मत अध्यक्ष चयन गरेको हो । हेटौंडा उपमहानगरसँगै सोमबार मकवानपुरको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा पनि अधिवेशन भएको थियो ।

कैलाश गाउँपालिका कमिटीमा निर्वाचित ५५ जना सदस्यहरुमध्येबाट सोमबार नै बालकुमार मल्ललाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा ठाकुर सिं थिङ, लालसिं गुरुङ र डबल तामाङ, सचिवमा कमल अर्याल, सहसचिवमा रबिन्द्र थिङ र सुजाता फुयाल, कोषाध्यक्षमा सुस्मिता दोङ चयन भएका छन् ।

मंगलबार नै भएको पालिकास्तरीय अधिवेशनबाट राक्सिराङ गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर मोक्तान, उपाध्यक्ष इन्द्रबहादुर थिङ, इमाननोयल स्याङ्तान, चन्द्रसिं प्रजा, सचिवमा चन्द्रमान प्रजा, सहसचिवमा सागर घलान, कोषाध्यक्ष पूर्णिमाया दोङ चयन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिंह पाख्रिन (पृथक) ले जानकारी दिए। नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओम ग्लानको प्रमुख आतिथ्यमा भएको भेलामा नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका इन्चार्ज वनस्तम थिङ, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समिति सदस्य हविल चेपाङ र खुसीलाल चेपाङको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै बकैया गाउँपालिकाको अध्यक्षमा भक्तबहादुर खत्री निर्वाचित भएका छन् । बकैयामा भएको गाउँपालिकास्तरीय भेलाले खत्रीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि निर्माण भएको हो ।

कमिटिको उपाध्यक्षमा मोतिलाल सिंगार, चन्द्रबहादुर न्यासुर तथा अशोक जिम्बा चयन भएका छन । सचिवमा विमल नेपाल, सह–सचिवमा विष्णु नेगी र कोषाध्यक्षमा ठुलीमाया मोक्तान चयन भएका छन् । नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी, माओवादी केन्द्रका केन्दीय सदस्य विजय गौतम लगाएतको आतिथ्यता रहेको थियो ।

मंगलबार हेटौंडा–४, गर्दोईस्थित पार्टी कार्यालयमा नगर कमिटीका नवनिर्वाचित सदस्यहरुमध्येबाट तीर्थबहादुर थापा मगरलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय भएको हो । यस्तै महिला उपाध्यक्षमा सोनी गुरुङ, कोषाध्यक्षमा तारा मुक्तान र सहसचिवमा राजकुमार बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको नगर अधिवेशनबाट ७२ सदस्यीय नगर कमिटी चयन भएको थियो । नगर कमिटीका सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने कार्य जारी छ । नगर कमिटी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको नवनिर्वाचित अध्यक्ष तीर्थबहादुर थापा मगरले जानकारी दिए ।

१ जना सचिव पदका लागि ५ जना र २ जना उपाध्यक्षका लागि ५ जना आकांक्षी भएसँगै सर्वसम्मत चयनको प्रक्रिया पूरा हुन नसकेको जानकारी दिदै अध्यक्ष थापाले सर्वसम्मत चयनको प्रयास जारी राख्ने बताएका छन् । नगर कमिटीमा ९ जना सदस्य मनोनित गरी ८१ सदस्यीय नगर कमिटी गठन हुने व्यवस्था पार्टीको विधानमा रहेको अध्यक्ष थापाले बताए ।

यस्तै मनहरी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद कालाखेती चयन भएका छन् । उपाध्यक्षमा हीरालाल स्याङ्तान र गोविन्द घलान, सचिवमा सन्जीव पाठक, सहसचिवमा शोभा दोङ, चन्द्रकला खनाल र तेजराज पाण्डे र कोषाध्यक्ष ध्रुव खड्का सर्वसम्मत चयन भएका हुन् । मनहरी गाउँपालिकाको रजैयामा भएको भेलामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य वीरबहादुर घलान ९ज्वाला० को प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको