लागूऔषध गाँजासहित थिङ प्रहरीको फन्दामा

लोकखबर
२०७८ मंसिर १६, बिहीबार १०:४६

मकवानपुर । लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध गाँजा ५ किलो १०० ग्रामसहित मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित मनहरी पुल नजिकैबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक प्रहरी जयश्वर रिमालले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर ८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङ रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिणामको गाँजासहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

उनका अनुसार, बुधबार अपराह्न ४ बजेर ४५ मिनेटको समयमा चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेको थिङलाई चेकजाच गर्दा निजले पछाडी भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको