राप्रपा महाधिवेशनः अध्यक्षहरुबाट मकवानपुरका ४ जना सहित थप २३५ प्रतिनिधि मनोनित

लोकखबर
२०७८ मंसिर १७, शुक्रबार १२:२४

मकवानपुर। एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा बुधबारदेखि महाधिवेशन जारी छ । त्यसअन्तर्गत आज ९शुक्रबार० उम्मेदवारी दर्ता गरिँदै छ ।

चुनाव भने भालि शनिबार गर्ने राप्रपाको तयारी छ । यसैबीच राप्रपाका अध्यक्षत्रयले २३५ जना महाधिवेशन प्रतिनिधि मनोनयन गरेका छन् ।राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्थाअनुरूप अध्यक्षहरू कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले महाधिवेशन प्रतिनिधि मनोनयन गरेका हुन् । जसको सूची राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा टाँसेको छ ।

यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची सार्वजनिक गरिसकेको छ । त्यसमा अब २३५ जना थपिने भएका छन् । जसमा मकवानपुरका शुक्र प्रजा, अर्जुन ढुङ्गना, गणेश थापा र मधु अधिकारी पनि परेका छन् ।

यि हुन् मनोनितको नामावली

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको