प्रधानन्यायाधीश जबरा आज अस्पतालबाट डिस्चार्ज

लोकखबर
२०७८ मंसिर १७, शुक्रबार १२:४१

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमित भई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस सङ्क्रमित भई मङ्सिर १३ गते अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

मङ्सिर १३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचार गराइरहनुभएका प्रधानन्यायाधीश जबरा बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज हुनुभएको छ” अस्पतालद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको