३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो
मकवानपुर । अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगर गाउँपालिकाले ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
२०७८ हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका व्यक्तिको अधिकार मुल नाराको साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।
प्रदेश नम्बर २ को रौतहट जिल्लको चन्द्रनगर गाउँपालिकामा काम गर्ने अपाङ्गता समावेशी विकास केन्द्र नेपाल (अपाङ्गता संजाल) ले ग्रामीण नारी उत्पादन हरीपुर र रास्ट्रीय रोजगार प्रवर्द्धन केन्द्र नेपाल, मलङ्गवा संघ तथा शिवनाथ राउतको अध्यक्षतामा भएको कार्यक्रममा २५ जना अपङ्गता भएको विद्यार्थीलाई शैक्षिक सामग्री र ३० जना अपाङ्गता भएको ब्यक्तिलाइ सम्मान लगायत अन्तरक्रिया कार्यक्रमको गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख बिना देवि साहको विशिस्ट अतिथि रहेको थियो । यस्तै अतिथिमा शिक्षा प्रमुख हरिकान्तलाल कर्न, सबै वाडा अध्यक्ष एसएनभि नेपालको जिल्ला प्रतिनिधि अम्बिका यादव लगायतको उपस्तिथि रहेको थियो ।











































