रौतहटमा नगरपालिकाद्धारा छात्रालाई साईकल वितरण
मकवानपुर । कटहरिया वडा नम्बर ७ स्थित रहेको माध्यमिक विधालय बगहीमा साइकल वितरण गरिएको छ ।
प्रदेश नम्बर २ जिल्ला रौतहटको कटहरिया नगरपालिकाद्धारा बगही मा.वि.को कक्षा १० मा अध्ययन रत रहेका ५३ जाना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।
विधायल जान, आउन समस्या भैइरहेको भन्दै ५३ जना छात्रालाई साइकल वितरण गरिएको हो ।
नगर प्रमुख सियाराम प्रसाद कुशवाहाका अनुसार छात्राहरुको पढ़ाइमा उत्सुकता जगाउन्ने उदेश्यले साइकल वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, योजना शाखा प्रमुख रामनरेश यादव, शिक्षा संयोजक अनिल निधि, सहायक संयोजक सुरेन्द्र ठाकुर तथा विद्ययालयल प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।











































