नेपालमा पनि भेटियो ओमिक्रोन

लोकखबर
२०७८ मंसिर २०, सोमबार १४:०८

नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ओमिक्रोन भेटिएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ओमिक्रोन भेटिएको जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिकमा ओमिक्रोन भेटिएको छ। उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपालीमा पनि ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको