४५ किलो लागुऔषध गाँजा नियन्त्रणमा
मकवानपुर । ४५ किलो लागुऔषध गाँजा मकवानपुर प्रहरीले आफ्नो नियन्त्रणमा लिएका छन् ।
शनिबार (आज) राक्सिराङ गाउपालिका वडा नम्बर ३ कठारी स्थित भित्री सडक खण्डमा लागुऔषध गाँजा ओसारपसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देखी बोरा बोकी हिडेका अज्ञात दुई जना ब्यक्तिले बोरा फालि भागेकोमा उक्त दुई वटा बोरा खोलि चेकजाँच गर्दा लागुऔषध गाँजा ४५ किलो फेला परेको हुँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो अज्ञात व्यक्ति माथी आवश्यक कानुनी कारवाही अगाडी बढाईएको र खोजतलाश कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक प्रहरी जयश्वर रिमालले जनाएको छ।











































