नेकपा एस हेटौँडा-५ नं.वडा कमिटी तथा युवा संघको वडा कमिटी गठन सम्पन्न
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) हेटौँडा-५ नम्बर वडा कमिटी र युवा संघको वडा कमिटी गठन भएको छ । शनिबार भएको भेलाले रवीन्द्र पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय पार्टी वडा कमिटी र रमेश सापकोटाको अध्यक्षतामा युवा संघ नेपाल वडा कमिटी गठन गरेको हो ।
पार्टी पोलिटब्युरो सदस्य ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका मकवानपुर सचिव विष्णु दाहाल, सचिवालय सदस्य एवम् युवा संघ नेपाल स्थायी कमिटी सदस्य कविन पन्त, पार्टी सचिवालय सदस्य यादव गजुरेल, पार्टी सचिवालय सदस्य एवम् अनेरास्ववियूका उपमहासचिव किशोर टण्डन लगायतले सम्बोधन गरेको थियो ।











































