पालमुनि बसेका थापा दम्पतिलाई राजारामद्वारा उद्वार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ती खोलाको नजिकै पाल मुनि बस्दै आएका थापा दम्पतीलाई एकीकृत समाजवादी (एस) पार्टी सचिवाल सदस्य राजाराम बोगटिले श्यामबहादुर थापा र कलपना थापा दम्पतीलाई हेटौंडा-१५ रातोमाटे स्थित दिव्यसेवा निकेतन, ज्यष्ठ नागरिक आश्रमस्थलमा पुर्याएको हो।
करिब ४ वर्षदेखि बस्दै आएको थापा दम्पतीलाई हिजो (शनिबार) पाल मुनि बसेर थापा दम्पतीको गुहार “रोगले भन्दा भोकले मर्ने भो” भन्ने पछि आफुहरु थापा परिवारलाई सहयोग गर्न ईच्छुक भएको बोगटिले बताएका छन् । बिकेसलाल श्रेष्ठ र राजाराम बोगटिले शनिबार ओडने ओछ्याउने खाधन्न , तरकारी तथा भाडाकुडा गरि करीब १२ हजार बराबरको राहत स्वरुप सहयोग गरेको थियो ।
साथै बोगटिले थापालाई राहत तथा सहयोग स्वरुप नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । तर छिमेकीले रातिमा थापा दम्पतीलाई कुटपिट गरि नगदसहित खाद्यान्न यताउता गरेपछि आज थापा दम्पतीलाई नगर प्रहरीको सहयोगमा दिव्यसेवा निकेतन , ज्येष्ठ नागरिक आस्रमस्थलको संरक्षक सुनिता बाइजीलाई जिम्मा लगाएको हो। संरक्षक बाइजीका अनुसार आश्रममा हाल २५ जना वृद्ध वृद्धाहरु सेवा लिदै आएको बताए ।
श्याम बहादुर खुसी हुँदै भने, रोगले भन्दा नी भोकले मरिने डर थियो । यसरी खाधन्न ,भाडाकुडा,ओडनि ओछ्याउने लिएर हाम्रो लागि भगवान बनेर आईदिनु भयो भन्दै सबैलाई धन्यवाद ब्यक्त गरेको हो।











































