उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा

लोकखबर
२०७८ पुष १, बिहीबार १२:०१

काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले २ माघदेखि उच्च अदालत र जिल्ला अदलतमा पनि गोलाप्रथा प्रणालीमार्फत पेसी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकको न्यायाधीशहरूको पूर्ण बैठकले उच्च र जिल्लामा गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथा लागू भइसकेको छ । सबै तहका न्यायालयमा गोलाप्रथा लागू हुने भएपछि न्यायाधीशहरूको आन्दोलनको एउटा माग सम्बोधन हुने देखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अदालतका विकृति हटाउन गोलाप्रथा प्रणालीमार्फत् पेसी तोक्न सुझाव दिइएको थियो । सोहीअनुसार सर्वोच्चमा गत १५ मंसिरबाट गोलाप्रथाबाट पेसी तोकिन थालिसकेको छ ।

६ मंसिरमा सर्वोच्चमा मुद्दाको पेसी गोला प्रणालीबाट तोक्नेगरी नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको थियो । सर्वोच्चको फुलकोर्टको बैठकले राजपत्रमा सर्वोच्च अदालत ९दोस्रो संशोधन० नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको थियो । सर्वोच्च अदालतका १८ न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन गर्दै पारित गरेको थियो ।

गोलाप्रथाबाट पेसी तोकिने नियमावली लागू हुने भएसँगै प्रधानन्यायाधीशको स्वविवेकी अधिकारका रूपमा रहँदै आएको अधिकार कटौती भएको थियो । सर्वोच्च अदालत नियमावली २०७४ संशोधन गरेर गोलाप्रथाबाट पेसी तोकिने भएपछि सो अधिकार कटौती भएको छ ।

२ मंसिरको सर्वोच्च अदालतको फुल कोर्ट बैठकले पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो ।

राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको