मकवानपुरमा आज थप ५८ जनामा संक्रमण पुष्टि

लोकखबर
२०७८ पुष २७, मंगलवार १६:४५

मकवानपुर । देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा मकवानपुरमा पनि पछिल्लो दिनहरुमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ९८ जनाको कोरोना परिक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

आज सोमबार जिल्लामा ६० जनामा पिसिआर र ३८ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः ३८ जना र २० जनामा गरेर ५८ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेहरुमा ३७ जना हेटौंडा उपमहानगरपालिका भित्रका १ जना थाहा नगरपालिका र २० जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३३ जना पुगेको छ । जसमा ७ जना संस्थागत आइसोलेसनमा बसेको छन् भने १२६ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।

मकवानपुरमा एक हप्ता अधिसम्म कोरोना संक्रमण हुने संख्या न्युन रहेको थियो । पौष २० गतेसम्म २० जनामा गरिएको कोरोना परिक्षणमा ४ जना संक्रमित भेटिएका थिए । त्यस्तै पौष २१ गते ६ जना पोजेटिभ देखिएका थिए । २२ गते ३ जना, २३ गते १३ जना,२४ गते १७ जना,२५ गते २० जना, २६ गते पनि २० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसले मकवानपुरमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको देखाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको