अखिल क्रान्तिकारी मकवानपुर बहुमुखु क्याम्पस कमिटीद्धारा निःशुल्क एकाउन्टिङ तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बनसखण्डी स्थित रहेको मकवानपुर बहुमुखु क्याम्पसमा निःशुल्क एकाउन्टिङ तालिम दिइएका छन् ।
नेकपा (माओवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखु क्याम्पस इकाई कमिटीद्धारा गएको २५ गते आईतबारबाट निःशुल्क एकाउन्टिङ तालिम दिदै आएको हो । क्रान्तिकारी मकवानपुर बहुमुखु क्याम्पस इकाई कमिटीद्धारा आयोजित कार्यक्रममा करिब १ सय २५ जना सहभागि रहेका छन् ।
तालिममा मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययन रत रहेका बि.बि.एस्. स्नातक प्रथम वर्ष, दोस्रो वर्ष तथा तेस्रो वर्षका विधार्थीहरुलाई करिब १५ दिने तालिम दिईने र आज (मंगलबार) तालिमको तीन दिन बितेको क्याम्पस कमिटी उपाध्यक्ष मधुरंजनकुमार साहले बताए ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखु क्याम्पस इकाई कमिटीको अध्यक्ष छोईसाङ स्याङ्तान, एकाउर्टिङ क्षेत्रामा २० वर्ष अनुभवी प्रशिक्षक किशोर अर्याल, सुजन क्षेत्री सिलवाल, प्रमिता गौँतम तथा छतकुलीको सहभागिता रहेका छन् ।











































