केरुङ र खासा नाका खुला गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन

लोकखबर
२०७८ पुष २८, बुधबार १६:३०

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागी भएका अमिर तामाङले उनले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग गरे। उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए।

आन्दोलनकारील हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको