आजबाट १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो डोज

लोकखबर
२०७८ माघ २, आईतवार १३:२३

काठटमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरूद्धको दोस्रो डोजको खोप लगाउने काार्य सुरु भएको छ । गत पुस ४ गते कोरोनाविरूद्धको मोर्डना खोप लगाएका ५७ जिल्लाका बालबालिकालाई आजबाट दोस्रो डोज खोप लगाउन थालिएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप अभियानअन्तर्गत १२ वर्षमाथि र १८ वर्षमुनिका करिब २२ लाख बालबालिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयसँग प्राप्त खोपका आधारमा पूर्ण खोप पुग्ने गरी पहिलो चरणमा २२ लाख बालबालिकालाई खोप लगाइने मन्त्रालयले जनाएका हो ।
अहिले ५७ जिल्लाका १८ लाख बालबालिकालाई मोर्डना र काठमाडौं उपत्यकाका तीन जिल्लाका करिब ३ लाख बालबालिकालाई फाइजर खोप लगाउने काम भइरहेको स्वास्थ्य मन्त्रालले जनाएको छ ।

खोप लगाउने लक्षित बालबालिकाको संख्या करिब ३५ लाख रहेपनि खोप अभावका कारण पहिलो चरणमा २२ लाख बालबालिकालाई मात्र पूर्ण मात्रा खोप दिइने मन्त्रालयको योजना रहेको छ ।

अहिले मन्त्रालयसँग करिब ३६ लाख मोर्डना र करिब ६ लाख ६४ हजार फाइजर खोप रहेको छ । माघ दोस्रो सातासम्ममा अरू खोप उपलब्ध हुने भएकाले त्यसपछि बाँकी बालबालिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको