हेटौंडा बसपार्कमा कोरोनाविरुद्धको खोप सञ्चालनमा

लोकखबर
२०७८ माघ २, आईतवार १६:४६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित रहेको बसपार्कमा आइतबारबाट कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सञ्चालनमा ल्याइएको छ । सामूदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कमा खोप अभियान सुरु भएको हो ।

गएको पुस ३० गते पूरानो नारायणी यातायात कम्पनी प्रा.लि.को आयोजनामा सचेतनामूलक पर्चा र माक्स वितरण कार्य सुरु भएसँगै आइतबारबाट भने खोप अभियान सञ्चालन गरिएको उपकेन्द्रका अध्यक्ष प्रदीप कंडेलले बताए ।

खोप अभियानमा सानाहातहरु नेपाल मकवानपुर, सचेत नागरिक युवा समूहको सहकार्य रहेको छ । हेटौंडा उपमहानगरले स्वास्थ्यकर्मी र खोप उपलब्ध गराएको कंडेलले बताएका छन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको