मकवानपुरमा आज थप ४० जनामा संक्रमण पुष्टि

लोकखबर
२०७८ माघ २, आईतवार १७:४७

मकवानपुर । मकवानपुरमा पछिल्लो दिनहरुमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढिरेको छ ।

आईतबार जिल्लाको ६ स्थानीय तहमा ६० जनाको एन्टीजेन परीक्षण गर्दा थप ४० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी मनहरी गाउँपालिका भित्रका १३ जना जना रहेका छन् ।

यसैगरि,पुष्टि हुनेहरुमा मकवानपुरगढीका ८ जना,थाहा नगरपालिका भित्रका ७ जना,बकैया गाउँपालिका भित्रका ६ जना,कैलाश गाउँपालिका भित्रका ५ जना र बागमती गाउँपाकिा भित्रका एक जना रहेका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ९९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा ५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । आईतबार पिसिआर रिपोर्ट प्राप्त नभएको कार्यलयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको